उपसभापतिमा धनराजको अग्रता, १५ सय मत गन्दा कसको कति ?

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना केन्द्रीय कार्यालय सानेपामा जारी छ।

सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । १५ सय मत गणना गर्दा शेखर कोइराला समूहबाट उम्मेद्वारी दिएका धनराज गुरुङको अग्रता छ । उनले ५८८ मतका साथ अग्रता कायम गरेका हुन् । शेखरकै प्यानलबाट उपसभापतिमा उम्मेद्वारी दिएका चन्द्र भण्डारीले ५०१ मत ल्याएका छन् ।

शेरबहादुर देउवाको प्यानलबाट उम्मेद्वारी दिएका विजयकुमार गच्छदारले ५०० मत र उनकै समूहबाट उपसभापति पदमा उम्मेद्वारी दिएका पूर्णबहादुर खड्काले ५४४ मत ल्याएका छन् । सुजाता कोइरालाले १३८ र महेश आचार्य १३३ मत प्राप्त गरेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् । उपसभापतिमा दुई जना निर्वाचित हुनेछन् ।

 

 

  • २९ मंसिर २०७८, बुधबार २१:०४ प्रकाशित