आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जाको आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह सम्पन्न भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत माध्यामिक तह स्तरीय छात्र छात्रा भलिबल खेल र अन्य विभिन्न छ विधाका अतिरिक्त क्रियाकलापहरु सम्पन्न भएका छन ।

बुधबार भएको समापन र पुरस्कार वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलको अध्यक्षतामा गाँउपालिकाका कर्मचारी, जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि साथै शिक्षक विद्यार्थीहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुधिर कुमार पौडेलले खेलकुद र अतिरिक्त रचनात्मक क्रियाकलापले विद्यार्थीको शारिरीक साथै सृजनात्मक क्षमतामा अभिवृद्वि गर्दै थप अनुशासित बनाउदै लैजाने बताए ।

खेलकुद तर्फ आँधीखोला गाउँपालिका भित्रका माध्यमिक तह स्तरीय छात्र तथा छात्राहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा छात्रतर्फ प्रथम त्रि शहीद नमुना मा वि, पञ्चमूल भएको छ भने द्वितिय श्रवण मावि बाङसिङ र तृतीय जनप्रदीप मावि चिलाउनेबास भएका छन् ।

त्यस्तै छात्रातर्फको प्रतियोगितामा प्रथम स्थान श्रवण माविले र द्वितिय स्थान जनप्रदिप माविले हासिल गरेको जानकारी आँधीखोला गाउँपालिकाका सुचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

त्यसै गरी मंसिर २९ गते सञ्चालन भएको विविध अतिरिक्त क्रियकलाप अन्तरगत हाजिरी जवाफ तर्फ श्रवण मा वि प्रथम, त्री शहिद नमुना मावि द्वितिय र प्रधुम्न पनेरु मावि तृतिय भएका छन ।

त्यस्तै नेपाली हिज्जे मा प्रधुम्न पनेरु मावि प्रथम, त्री शहिद नमुना मावि द्वितिय र जनप्रिय मावि तृतिय भएका छन । अंग्रेजी हिज्जे प्रतियोगितामा जनप्रदिप मा।वि। प्रथम, भगवती मावि द्वितिय र त्रि शहिद नमुना मावि तृतिय भएका छन ।

नेपाली श्रृतिलेखन मा जनप्रदिप माविकी स्वस्थानी सापकोटा, शारदा माविकीआकृति ढकाल र त्रि शहिद नमुना माविकी सृष्टि ढकाल क्रमस प्रथम, द्वितिय र तृतिय हुन सफल भए ।

अंग्रेजी श्रृतिलेखनमा प्रधुम्न पनेरु माविका सबिन भुजेल प्रथम, जनप्रदिप माविका सम्पन्न पोख्रेल द्वितिय र शारदा मन्दिर माविकी रोशनी ढकाल तृतिय भए ।

चित्रकला प्रतियोगितामा जनहित माविकी डिम्पी गुरुङ्ग, शारदा मन्दिर माविकी सिम्रन ढकाल र जनहित माविका विकास नेपाली क्रमश प्रथम, द्वितिय र तृतिय भए ।

विद्यालय स्तरबाटै खेलाडिहरु उत्पादन गर्ने उद्देश्य अनुरुप सञ्चालन गरिएको प्रतियोगिताबाट धेरै विद्यार्थी खेलाडिहरुको प्रतिभा देखिएको र उनीहरुले आफुलाई निखार्ने अवसर पाएको कुरा समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्मिला देवी पौडेलले बताइन्।

  • २९ मंसिर २०७८, बुधबार १९:२० प्रकाशित