अनेरास्ववियू पृथ्वीनारायाण क्याम्पस कमिटीले आयोजना गरेको नृत्य प्रतियागितामा हिरा गुरुङ प्रथम

केन्द्रभाग मिडिया

पोखरा ।

अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीले आयोजना गरेको खुल्ला नृत्य प्रतीयोगितामा हिरा गुरुङ प्रथम भएकी छन् । बुधबार ४६ प्रतियोगी बीच भएको प्रतिस्पर्धामा बाजु बुढामगर दोस्रो बनिन् । तृतिय पुरस्कार शान्ति बास्तोला र अर्जुन शेरचनले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए ।

उत्कृष्ट भेषभुषाको उपाधि सेन्हा श्रेष्ठ र फ्लिमी उपाधी शिक्षा क्षेत्रीले हासिल गरिन्। प्रतीयोगिताको प्रथम पुरस्कार रु १०,००० ,दित्तिय पुरस्कार रु ५०००,तित्तिय पुरस्कार रु.३,००० र सान्त्वना पुरस्कार रु.१,००० अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीले जानकारी दिएको छ ।

नृत्य प्रतियोगिताको उद्घाटन गर्र्दै नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तुल बहादुर गुरुङले अनेरास्ववियूले रचनात्मक कार्य गरेको भन्दै प्रशंसा गरे । उनले विद्यार्थीहरु क्रियटिभ हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय महासचिव आरती लामा, अनेरास्ववियू केन्द्रीय उपमहासचिव राजन शर्मा पराजुली ,नेकपा एकीकृत समाजवादी कास्कीका उपसचिव डिबि राई, नेकपा एकीकृत समाजवादी पोखरा महानगरका उपाध्यक्ष प्रेम थापा , जिल्ला सचिवालय सदस्य नारायण बास्तोला, अनेरास्ववियू स्थायी कमिटी सदस्य सन्तोष न्यौपाने, केन्द्रीय सचिवालय सदस्यहरु बज्रराज अधिकारी, रसिका भण्डारी, बिकाश रेग्मी ,युवा संघ नेपाल स्याङ्जाका अध्यक्ष सन्तोष सापकोटा, अनेरास्ववियू केन्द्रीय सदस्यहरु कमल बस्याल, सुदिप पौडेल ,पोखरा महानगरका अध्यक्ष सङ्गम आचार्य लगायत जिल्ला कमिटीका बिद्यार्थी नेताहरुको उपस्थित थियो ।

अध्यक्षता कार्यक्रम संयोजक दिवस पौडेलले गरेका थिए भने संचालन रशिक न्यौपाने र स्वागत मन्तव्य बिजिता थापाले राखेका थिए ।

  • २९ मंसिर २०७८, बुधबार १८:३४ प्रकाशित