चेतावनी दिँदै कोइरालाले देउवालाई भने, ‘ख्याल गर्नुहोला चार वर्षका लागि मात्र सभापतिमा निर्वाचित हुनुभएको हो’

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसको सभापति पदमा पराजित नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई चार वर्षका लागि मात्र सभापतिमा निर्वाचित भएको नविर्सन आग्रह गरेका छन् ।

आफू पक्षीय नेता कार्यकर्तालाई धन्यवाद दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

पार्टीलाई लथालिंग ढंगले नचलाउन उनको आग्रह थियो । ‘अघिल्लो कार्यकालमा जस्तो समयअवधि थप्ने काम नगर्नुस् ।

पार्टीलाई लोकतान्त्रिक विधि र पद्धतिमा चलाउनुहोस् । नत्र पार्टी बेथितिमा चल्यो र समयावधि लम्ब्याउने जस्ता काम भए भयो भने हामी सशक्त रुपमा प्रस्तुत हुन्छौं’ उनले भने ।

आफू कांग्रेसको रुपान्तरणमा लागिसकेको भन्दै उनले निरन्तर रुपमा आफू र अफ्नो टिमका साथीहरु कार्यकर्ताको घरमा पुग्ने उनले बताए ।

आफुहर भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने उनले प्रष्टाएका छन् । राम्रो काम गरेर सरकारको संस्थापन पक्षलाई सोच्न बाध्य पार्ने उनको भनाई छ ।

  • २९ मंसिर २०७८, बुधबार १७:२४ प्रकाशित