शेखर पक्षका नेता रिजालले भने,‘जित हार महत्वपूर्ण होइन, हाम्रो विचारको जित भइसकेको छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेता डा. मिनेन्द्र रिजालले आफुहरुको विचारको जित भइसकेको दाबी गरेका छन् ।

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन सभापतिमा पराजित भएका शेखर कोइरालाले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।आफ्नो समूहले पार्टीमा व्यक्तिको भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन शेखर समूहले बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्रीका उम्मेदवार रिजालले आफूहरुको विचारको जित भइसकेको बताए । सभापतिमा चुनिएकोमा देउवालाई बधाइ दिँदै उनले भने, ‘जित हार महत्वपूर्ण होइन, नेपाली कांग्रेसको अनुहार कस्तो देखिन्छ, त्यो महत्वपूर्ण हो ।’

कांग्रेसको १४औं महाधिवेशनमा शेखर प्यानलसहित शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । सभापति पदको दोस्रो चरणको चुनावमा शेखर पराजित भए, देउवा सभापति चुनिएका छन् । अरु पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेमदवारले पाएको मत गणना गर्न बाँकी छ ।

  • २९ मंसिर २०७८, बुधबार १६:२१ प्रकाशित