प्रदेश २ः लोसपाद्वारा प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको राजीनामा माग

केन्द्रभाग मिडिया

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै लोसपाले बैठकमा अवरोध पुराएको हो ।

बैठकमा दुई वटा विश्वविद्यालय सम्बन्धी अध्यादेश पेस भएसँगै लोसपाले अवरोध गरेको हो । बैठक अवरुद्ध भएपछि सभामुख सरोज यादवले पुस ८ बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जनाए ।

बुधबार बसेको बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेस गरेका थिए । अध्यादेश पेस गरेसँगै प्रमुख प्रतिपक्षी दल लोसपा नेपालले बैठक अवरुद्ध गरेको हो ।

  • २९ मंसिर २०७८, बुधबार १६:०० प्रकाशित