काँग्रेस पदाधिकारीको मतगणनामा ढिलाईः उपसभापतिको गणना केहीबेरमा, महामन्त्रीको भोलि

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना आज साँझ देखि सुरु हुने भएको छ ।

आज दिउँसोबाटै मतगणना गरिने बताइए पनि गणकहरु अनिदो रहेकाले आरामको जरुरत भएकाले साँझ देखि मत गणना गर्ने तयारी भएको हो ।आज पार्टी कार्यालयमा बैठक बसेर मतगणना साँझबाट सुरु गर्ने निर्णय भएको हो । सभापतिततर्फको मतगणनाको नतिजा आएसँगै पदाधिकारीतर्फको मतगणना सुरु गर्न लागिएको हो

राजधानीको प्रदर्शनीमार्गमा सोमबार भएको मतदानको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ भने सो मतपेटिका बेलुकादेखि खोलेर गणना गर्न सुरु गरिने काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।

 

 

 

  • २९ मंसिर २०७८, बुधबार १५:३९ प्रकाशित