प्रदेश २ को नाम ‘मधेस प्रदेश’ राख्न प्रस्ताव–

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

प्रदेश २ को नाम मधेस प्रदेश राख्न प्रस्ताव गरिएको छ । माओवादी सांसद जगत यादवले प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्न प्रस्ताव गरेका हुन् ।

प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै माओवादी प्रदेश २ का उपनेतासमेत रहेका उनले भने, ‘प्रदेशको नामाकरण पहिचानसहितको हुनुपर्छ । त्यसैले मधेस नाम राखौं ।’

उनले सहिदहरुले प्राण त्याग्ने बेलामा पनि ‘मधेस जिन्दावाद, मधेस जिन्दावाद’ भनेको बिर्सन नहुने भन्दै प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने बताए ।

  • २९ मंसिर २०७८, बुधबार १५:२२ प्रकाशित