छातीमा छुरा प्रहार गरी भिनाजुको हत्या

केन्द्रभाग मिडिया

इटहरीमा सालाले आफ्नै भिनाजुको हत्या गरेका छन् । इटहरी उपमहनगरपालिका–४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीको हत्या गरेका हुन्। अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका थिए ।

घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । भिनाजुकै घरमा बस्दै आएका छुरा प्रहार गर्ने अर्जुनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

  • २९ मंसिर २०७८, बुधबार १४:३० प्रकाशित