ओलीको आरोप: प्रचण्ड कम्पनी र नेपाल कम्पनी देशमा अस्थिरता ल्याउन सक्रिय छ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन् । केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाए ।

‘देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ,’ ओलीले भने ।

कांग्रेस र माओवादीको आन्दोलनमाथि टिप्पणी गर्दै ओलीले ती आन्दोलनपछि देशको स्वाभिमान र सार्वभौमसत्तामा आँच आउने काम भएको आरोप लगाए । कांग्रेस खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी शक्तिविरुद्ध लाग्ने गरेको आरोप लगाएका ओलीले प्रतिगामीको मतियार हुन कांग्रेसले छोड्नुपर्ने बताए ।

  • २९ मंसिर २०७८, बुधबार १४:२९ प्रकाशित