विश्वप्रकाश, प्रदीप र गगनमध्ये को अगाडी ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेसमा २ जना महामन्त्रीको पद छ । १४औं महाधिवेशनमा सभापति पछि महामन्त्रीको प्रतिष्पर्धालाई चासोका साथ हेरिएको छ ।
महामन्त्रीमा दुई प्रभावशाली नेता र तीन उदीयमान काँग्रेस नेताहरु प्रतिष्पर्धामा छन् । पाँचैजना नेविसंघको राजनीतिबाट आएका हुन् ।

तीनैजना लोकप्रीय नेताहरु पराजित हुने सम्भावना पनि छ । उनीहरु पराजित भएमा प्रकाशशरण महत र मिनेन्द्र रिजाल विजयी हुनेछन् । महत पूर्वमन्त्री हुन् । रिजाल अहिलेका रक्षामन्त्री हुन् ।

तीन लोकप्रीय नेताहरुमध्ये एक विजयी हुने आँकलन समेत गरिएको छ । धेरैले प्रदीप पौडेल र गगन थापा जित्ने विश्लेषण गरिरहेका छन् । विश्वप्रकाश शर्मा पनि लोकप्रीय मतबाट विजयी हुने अनुमान भइरहेको छ ।

विश्वप्रकाश शर्मा सिंहको प्यानलबाट उम्मेदवार छन् । उनले यसअघिको देउवा प्यानल छाडिसके ।

प्रदीप पौडेल देउवा प्यानलबाट उम्मेदवार हुन् ।

गगन थापा डा. शेखर कोइरालाको प्यानलबाट छन् । उनी लोकप्रीय नेता हुन् ।

तीन जना नेता लोकप्रीय मतको आशामा देखिएका छन् । तर, कस्ले बाजी मार्ला भनिहाल्नसक्ने स्थिति छैन ।

 

  • २९ मंसिर २०७८, बुधबार १३:५९ प्रकाशित