अध्यक्ष ओलीले खुवाए ४४ केन्द्रीय सदस्यलाई सपथ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटीका ४४ मनोनित सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यलाई तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित एक समारोहमा सपथ खुवाएका हुन्।

खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका ९ जना गरी ४४ जनालाई मनोनित गरेको हो।एमालेको विधानअनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको हो।

  • २९ मंसिर २०७८, बुधबार १३:४७ प्रकाशित