अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दोस्रो विश्वयुद्धको भन्दा धेरै

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ लाख पुगेको छ । सोमबार कूल सङ्क्रमितको आँकडा ५ करोड पार गरेसँगै मृतकको सङ्ख्याले सो सङ्ख्या पार गरेको हो ।

मृतकमध्ये धेरै खोप नलगाएका र बृद्धबृद्धा रहेका छन् । सन् २०२० भन्दा सन् २०२१ मा धेरै अमेरिकी नागरिकले ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । अमेरिकामा पछिल्लो समय कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या तीव्र वृद्धि देखिएको छ । पछिल्लो १ लाख जनाले ११ हप्ताको अन्तरमा ज्यान गुमाएका छन् ।

दोस्रो विश्वयुद्धभन्दा पनि बढीले कोरोना महामारीका दौरान ज्यान गुमाइसकेका छन् ।

  • २९ मंसिर २०७८, बुधबार १३:२८ प्रकाशित