स्टाटस लेख्दै गगनले दिए देउवालाई बधाईः लेखे,‘पार्टीलाई थिति र विधिमा चलाउनुहुन्छ भन्ने अपेक्षा छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेस नेता गगन थापाले पार्टीमा नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले देउवालाई बधाई दिएका हुन् । थापाले देउवाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने आशा व्यक्त गरेका छन् ।

थापाले भनेका छन्, आदरणीय शेर बहादुर देउवाज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई१ आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।

देउवासँग समुन्नत नेपालको अभियान र पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने उनले बताएका छन् ।

थापाले यसअघि काँग्रेसमा नयाँ नेतृत्व अपरिहार्य रहेको बताएका थिए । हिजो भएको निर्वाचनमा उनले विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गर्दै शेखर कोइरालालाई भोट दिन मतदातालाई अपिल गरेका थिए ।

  • २९ मंसिर २०७८, बुधबार १२:४७ प्रकाशित