माध्यमिक तहमा एक हजार पाँच सय भन्दा धेरै शिक्षकको आवेदन खुला (विवरणसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
शिक्षक सेवा आयोगले माध्यामिक तहमा १५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सूचना निकालेर माध्यामिक तह तृतीय श्रेणीको लागि १५ सय ४७ जना शिक्षकको विज्ञापन खुलाएको हो ।

आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांगता र पिछडिएको क्षेत्रका उम्मेद्वारको लागि पनि कोटा तोकेर विज्ञापन गरेको हो ।

नेपाली विषयको लागि २ सय ३१ जना शिक्षकको माग भएको छ । यस्तै, अंग्रेजी विषयको लागि तीन सय १२ जना, गणितको लागि दुई सय ८९ जना, विज्ञानको लागि चार सय ३५ जना, सामाजिक विषयको लागि दुई सय एक जना र अर्थशास्त्र विषयमा १० जनाको लागि विज्ञापन गरिएको आयोगले जनाएको छ ।

यस्तै कार्यलय सञ्चालन तथा लेखा विषयको लागि ५१ जना, शिक्षाको लागि एक जना, शुक्लयजुर्वेदमा दुई जना, स्वास्थ्यमा दुई जना, संस्कृत व्याकरणको लागि २ जना, संस्कृत भाषाको लागि तीन जना, संस्कृत साहित्यको लागि एक जना, कम्प्युटर विज्ञानको लागि ६ जना र न्याय विषयको लागि एक जना शिक्षक विज्ञापन खुला भएको हो ।

इच्छुक व्यक्तिले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।  लिखित परीक्षा चैत १५ गते हुने आयोगले जनाएको छ ।

सबै हेर्न यहाँ क्लिक गर्नुहोस

  • २९ मंसिर २०७८, बुधबार १०:३७ प्रकाशित