प्रदेश २: प्रदेशसभा आठौं अधिवेशनको पहिलो बैठक आज,प्रदेशको नाम प्रस्ताव हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रदेश २ को प्रदेशसभाको आठौं अधिवेशनको आज बस्ने लागेको पहिलो बैठकमा प्रदेशको नाम प्रस्ताव हुने भएको छ । बैठकमा प्रदेश सरकारले ल्याएका दुईवटा अध्यादेश मध्य एक प्रदेशको नाम प्रस्ताव पनि पेस हुने बताइएको छ ।

प्रदेश २ मा गठबन्धनको सरकारले पूर्णता पाएपछि पहिलोपटक आह्वान गरिएको अधिवेशनमा प्रदेशको नाम तथा राजधानी टुंगो लगाउने सरकारले तयारी गरेको छ ।यस्तै प्रदेशसभाबाट पारित विधेयकमा रहेका त्रुटीहरू संशोधन हुने जनाइएको छ ।

प्रदेश सरकारले हालै कृषि विश्वविद्यालय र प्राविधिक शिक्षा सम्बन्धी अध्यादेश ल्याएको थियो । ती अध्यादेश बुधबारको बैठकमा पेस हुने तयारी गरिएको हो ।

  • २९ मंसिर २०७८, बुधबार ०९:५८ प्रकाशित