पौडेलको आरोप : ‘ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरे’

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेस नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई अनिश्चिततातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाएका छन् ।

आज बिहान पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीलाई यस्तो आरोप लगाएका हुन् । उनले स्टाटस वक्तव्यमा ओलीले महिनौंदेखि संसद्‍मा अवरोध गरेर संसद् विघटन सही थियो भनेर सिद्ध गर्न खोजेको बताएका छन् ।

‘६ महिनाको समयमा दुई-दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् ।’पौडेलले लेखेका छन्

यस्तै पौडेलले संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढे ओलीको नियतीका सामु सर्मपर्ण गरेको ठहरिने बताएका छन् ।

पौडेलले लेखेका छन्, संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतीका सामु सर्मपर्ण गरेको ठर्हनेछ ।
राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु । देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो । समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ ।’

  • २९ मंसिर २०७८, बुधबार ०९:४६ प्रकाशित