आम निर्वाचन पछि देउवाले प्रकाशमानलाई प्रधानमन्त्री बनाउने !

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचन पछि आफूलाई शेरबहादुर देउवाले प्रधानमन्त्री बनाउने आश्वासन दिएका निकटहरुसंग बताएका छन् ।

कांग्रेस सभापतिको दोस्रो मतदानमा शेरबहादुर देउवालाई समर्थन गरेका प्रकाशमान सिंहले आफ्ना मतदाताहरुसँग गोप्य भेला गर्दै शक्ति बाँडफाँटसहित प्रधानमन्त्री पदसम्म दिने वचन पाएपछि देउवालाई सघाउने निर्णयमा आफू पुगेको उनले सुनाएका हुन् ।

आफ्ना मतदाताहरुसँगको भेटमा सिंहले देउवाबाट पार्टी र राष्ट्रिय राजनीतिमा पर्याप्त अवसर पाउने प्रतिबद्धता पाएपछि आफूले उनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिँदै भनेका थिए, ‘ढुक्क भएर मतदान गर्नुहोला, सबै विषयमा कुरा भएको छ।’

 

  • २९ मंसिर २०७८, बुधबार ०९:४१ प्रकाशित