अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आज रियाल,रिगिंट दिरम लगायतको मुल्य (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

अमेरिकी  डलरको मुल्य बलियो बन्दै गएको छ ।

राष्ट्र बैंकले आज (बुधबार) कायम गरेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६९ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्री दर १२१ रुपैयाँ ५३ पैसा रहेको थियो । यो मूल्य तीन दिनदेखि स्थिर रहेको डलरको मुल्यमा आज झनै वृद्धि भएको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ६७ पैसा र बिक्री दर १३७ रुपैयाँ ५५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ १३ पैसा र बिक्री दर १६०रुपैयाँ ९२ पैसा कायम छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १९ पैसा र बिक्री दर ८६ रुपैयाँ ६१ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६६ पैसा र बिक्री दर १० रुपैयाँ ७१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०३ पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्री दर ३२ रुपैयाँ ४४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९९ पैसा र बिक्री दर ३३ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ ।

  • २९ मंसिर २०७८, बुधबार ०९:०५ प्रकाशित