कांग्रेस महाधिवेशनः पदाधिकारीको मतगणना आज दिउँसोबाट

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनमा पदाधिकारीको मतगणना आज दिउँसोबाट सुरु हुने भएको छ । सभापति पदको टुंगो लागेसँगै अन्य पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना आजै दिउँसोबाट सुरू हुने भएको हो

आजै १ तहको मतगणना हुने भन्दै निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पदाधिकारीको मतगणना दिउँसोबाट सुरू जानकारी दिए।

‘हामी आजै १ तहको मतगणना गर्नेछौं। कुन तहको हुन्छ भन्ने चै बैठक बसेर पास गर्नेछौं। केही समय शारीरिक रूपमा रेष्ट गरेपछि हामी पदाधिकारीबाट नै मतगणना सुरू गर्नेछौ। आजै अपरान्ह मतगणना हुन्छ,’ उनले भने।

अन्य पदाधिकारीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

  • २९ मंसिर २०७८, बुधबार ०८:४० प्रकाशित