पृथ्वीचोकस्थित चाइनापुलमा ट्रकले स्कुटरलाई ठक्कर दियो : एकको मृत्यु, एक घाईते

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

आज बिहान साढे १२ बजे चाइनापुलमा पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको ग १४ प ५८२२ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको बा ०३–००१ ख १८१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदाँ एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ठक्करबाट स्कुटर पछाडी बसेकी पोखरा १४ काजीपोखरीकी ६० वर्षीया शान्ति माया पुनको उपचारको क्रममा ज्यान गएको हो । स्कुटर चालक जिल्ला गुल्मी चारपाला गाँउपालिका–४ घर भई जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत वर्ष ४२ को प्रहरी सहायक निरीक्षक डिल बहादुर सोमरे घाईते भएका छन् ।

मृतक स्कुटर चालक सोमरेको नाताले सासु आमा रहेको बताइएको छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • २८ मंसिर २०७८, मंगलवार १७:०५ प्रकाशित