पुस १ देखि ‘चापाकोट साँस्कृतिक महोत्सव’

केन्द्रभाग मिडिया

पोखरा ।

पर्यटकीय गतिविधिलाई चलायमान बनाउने उद्देश्य सहित पोखरा २३ ‘चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव २०७८’ आयोजना हुने भएको छ ।

चापाकोट पर्यटन प्रवद्र्धन समितिले पोखरा महानगरपालिका २३ मा पर्यटन भित्राउने लक्ष्य सहित तेस्रो संस्करणको विविध प्रतियोगिता सहित मेला आयोजना गर्ने समितिका अध्यक्ष एवम् कार्यक्रम संयोजक भिम पराजुलीले बताए । उनका अनुसार उक्त मेला पौषको १ देखि ५ गतेसम्म सञ्चालन हुनेछ ।

संयोजक पराजुलीले सो मेलामा संस्कृति संरक्षण गर्ने उद्देश्य सहित भजन प्रतियोगिता, बाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता तथा दुना टपरी गाँस्ने प्रतियोगिता समावेश गरिएको जानकारी दिए ।
त्यसैगरी महोत्सवमा बाल नृत्य प्रतियोगिता समेत आयोजना हुनेछ ।

महोत्सवमा आयोजना हुने भजन, बाजा तथा रत्यौली प्रतियोगिताका विजेता समुहले प्रमाणपत्र तथा मेडल सहित नगद ३० हजार प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो, तेस्रो र सान्त्वना स्थान हाँसिल गर्ने समुहले मेडल तथा प्रमाणपत्र सहित क्रमश २० हजार, १० हजार र ५ हजार हात पार्नेछ ।

संयोजक पराजुलीले बाल नृत्य तर्फ विजेताले मेडल तथा प्रमाणपत्र सहित ३ हजार प्राप्त गर्ने जानकारी दिए । पराजुलीका अनुसार द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्नेले मेडल तथा प्रमाणपत्र सहित क्रमश २ हजार, १ हजार र ५ सय प्राप्त गर्नेछन् ।

महोत्सवमा विभिन्न प्रतियोगितासँगै साँँस्कृकि विशेष आकर्षणहरु समेत समावेश गरिएको पराजुलीले बताए । ‘हामीले प्रतियोगिता मात्रै नभएर लोक संस्कृति संरक्षण गर्ने उद्देश्य सहित विभिन्न ख्याती प्राप्त कलाकारहरुलाई पनि निम्ताएका छौ, उनले भने, योसँगै हाम्रो मौलिकतासँग जोडिएको लठ्ठे पिङ, रोटे पिङको पनि व्यवस्था गरेका छौ ।’

उनका अनुसार सांस्कृतिक कार्यक्रम तर्फ प्रजापति पराजुली, जीवन दाहाल, पोखरेली माग्ने बुढा, तारापती सुवेदी, सरला पाण्डे, शिवहरी ढुङ्गाना लगायतको बेजोड प्रस्तुती रहने छ ।

  • २८ मंसिर २०७८, मंगलवार १६:४१ प्रकाशित