शशांकसँग देउवाले मागे सहयोग, शशांकले दिए यस्तो जवाफ

केन्द्रभाग मिडिया

दोस्रो चरणको मतदान सुरु हुनु केही समय सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री शशांक कोइरालासँग सहयोग मागेका छन् । उनले बालुवाटारमै शशांकलाई बोलाएर सभापतिमा आफूलाई सहयोग गर्न अपिल गरेका हुन् ।

तर, शशांकले आफू पार्टी एकताको पक्षमा रहेकोले कसैको पक्षमा नखुल्ने जवाफ दिएका छन् । कोइरालो पार्टीलाई मिलाएर लैजान देउवालाई आग्रह गरेका छन् । आजै देउवा र शेखर कोइरालाबीच सभापतिमा दोस्रो चरणको प्रतिस्पर्धा हुँदैछ ।

  • २८ मंसिर २०७८, मंगलवार १५:२१ प्रकाशित