विश्वप्रकाशले ट्विट गर्दै भने,‘पराजित भए पनि प्रकाशमान उभिएको ठाउँमा उभिनु मेरो कर्तव्य हो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले सभापतिमा शेरबहादुर देउवालाई साथ दिने भएका छन् ।

अन्तिम समयमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

सर्वसम्मति सर्वोत्तम १ दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु, ‘नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ १ पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’

  • २८ मंसिर २०७८, मंगलवार १५:०३ प्रकाशित