मैदान नछाड्ने शेखरको जिकिरः विवेक प्रयोग गरेर मत दिन आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले मैदान नछाड्ने बताएका छन् ।

उनले आज दोस्रो चरणको मतदान हुनु अघि पत्रकार सम्मेलन गर्दै चुनावी मैदान छाडेर नभाग्ने जिकिर गरेका हुन् । उनले अब हुने मतदानमा विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् । कोइरालाले भने, ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’

कांग्रेसको समग्र जीवनमा परिर्वतन र सुधार गर्ने आफू र आफ्नो टीमको प्रतिज्ञा भएको उनले बताए । उनले अघि भने, ‘साथीहरुले भरोसा गरेर जुन भोट दिनुभयो, त्यसका लागि कृतज्ञता व्यक्त गर्छु ।’

साथै दोस्रो चरणको मतदानबाट आफू विजयी हुने विश्वास व्यक्त गरेका कोइरालाले परिणाम स्वीकार गर्ने बताए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदान साढे ३ बजे शुरु हुनेछ ।

  • २८ मंसिर २०७८, मंगलवार १४:२३ प्रकाशित