चीनमा पहिलो पटक देखियो ओमिक्रोन

केन्द्रभाग मिडिया

काठमाडौं ।

सन् २०१९ मा पहिलोपटक कोरोना भेटिएको चीनमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो ।

यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको जनाइएको छ । संक्रमितको अहिले एक स्थानीय अस्पतालमा आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

पछिल्लो पटक तियानजिन सहरमा कोभिड संक्रमितको उलेख्य संख्यामा बृद्धि भएको छ ।

  • २८ मंसिर २०७८, मंगलवार १४:१३ प्रकाशित