आजदेखि पाल्पा-बुटवल सडक ‘१५ दिन’ रातिमा बन्द हुने

केन्द्रभाग मिडिया

पाल्पा ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द हुने भएको छ ।

रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए ।

चौडा बनाउन पहाड कटान गर्दा सडक बन्द गर्न लागिएको हो । सडक चौडा गर्दा माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गर्न थालिएको प्रमुख लम्सालले बताए ।

बुटवलको सिद्धबाबाबाट झुम्सा पुलसम्म र कालिमाटीबाट गौडेपुलसम्मको क्षेत्रमा सडक चौडा गर्ने काम हुनेछ । हरेक दिन बुलुका ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने प्रमुख लम्सालले बताए ।

  • २८ मंसिर २०७८, मंगलवार १३:३९ प्रकाशित