ओलीको चेतावनी: ‘सभामुखले षडयन्त्र गर्दै गए निरीह बस्दैनौँ, संसद अवरोध गर्छौ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यक परे संसद् अवरोध गर्ने चेतावनी दिएका छन्।

मंगलबार बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता ओलीले संसद अवरुद्ध गर्दै आइरहेको भन्दै आवश्यकता परे अवरोध गर्ने बताएका हुन्।

उनले सभामुखले षड्यन्त्र गर्दै गए निरीह भएर नबस्ने चेतावनी समेत दिए। उनले भने, ‘कतिपयलाई लाग्न सक्छ संसदमा भाग लिएर आफ्नो कुरा राख्दिए हुन्छ भन्ने। विरोध गरिरहेका छौं, अवरोध गरेका छैनौं।’

एमालले आफ्नो पार्टी फुटाउन सभामुखले भुमिका खेलेको आरोप लगाउँदै आएको छ ।मंगलबार दिउँसो २ बजे संघीय संसदअन्तरगत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्दैछ।

  • २८ मंसिर २०७८, मंगलवार १३:२७ प्रकाशित