माधव नेपाल संसदीय दलको नेता चयन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेता चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले नेपाललाई नेता चयन गरेको हो । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएका छन् । नेकपा एमालेबाट विभाजन भइ समाजवादी पार्टी केही दिन पहिले निर्वाचन आयोगमा दर्ता भएको थियो ।

समाजवादीमा ३० जना सांसद छन् । प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका सात सांसद छन् ।

समाजवादीले यस पहिलेनै सरकारमा जाने निर्णय गरिसकेको छ । आज बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्री रोज्न नेता नेपाललाई नै जिम्मा दिएको छ ।

  • १३ भाद्र २०७८, आईतवार १६:३५ प्रकाशित