युवा पत्रकार विजयी नेपाली राष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत हुदैँ

केन्द्रभाग मिडिया

युवा पत्रकार विजयी नेपाली राष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत हुदैँ

पोखरा।

पोखरामा रहेर पत्रकारीता गरिरहेका पत्रकार विजय नेपाली राष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।

नेपाली युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कारतर्फको प्रोत्सहान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागेका हुन । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कार अन्तर्गत समावेशी अन्तर्गत प्रोत्सहान पत्रकारिता पुरस्कार नेपालीले पाउने भएका हुन् ।

उनी खेलकुद विटमा कलम चलाउँदै आएका छन् ।मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ का लागि खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गर्न आवेदन मागेको थियो ।जस अन्तर्गत देशभरीबाट १४ वटा मात्रै आवेदन परेको र त्यस मध्ये ११ जनालाई विधागत रुपमा छनोट गरि सम्मान गरिने मन्त्रालयले जनाएको छ ।

पुरस्कृत पत्रकारहरुलाई नगद ५० हजार र सम्मानपत्र सहित मन्त्रालयले सम्मान गर्नेछ ।पोखरा १, भीमकालीपाटनका पत्रकार नेपाली ढोरपाटन दैनिकमा २ वर्षदेखि कार्यरत छन् ।

  • २८ मंसिर २०७८, मंगलवार १२:४७ प्रकाशित