पौडेलको चियापानमा प्रधानमन्त्री देउवा पनि सहभागी

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी भएका छन् ।

पौडेलले हिजै महाधिवेशनका सबै प्रतिनिधिलाई चियापानमा सरिक हुन निम्तो दिएका थिए । प्रतिनिधिहरुसँगै देउवा पनि चियापानमा सरिक भएका हुन् ।

पौडेलले मंगलबार बिहान लैनचौरमा चियापान कार्यक्रम राखेका हुन् । काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सकिएको छ । देउवासहित सभापतिका प्रतिष्पर्धी ५ नेताहरु कसैले पनि बहुमत ल्याउन नसक्दा आजै दोस्रो चरणको मतदान हुने भएको छ । अब देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ ।

नेता पौडेल भने महाधिवेशनको सबै प्रक्रियालाई बहिष्कार गरेर बसेका छन् । उनले मतदान पनि गरेनन् । पौडेल यसरी बसेपछि केहीले उनको समर्थन गरेका छन् भने केहीले आलोचना पनि गरेका छन् ।

  • २८ मंसिर २०७८, मंगलवार १०:२९ प्रकाशित