डलरको मूल्य स्थिर, रियाल,रिगिंट,दिरमलगायतको मुल्य कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्र बैंकले आज (मंगलबार) अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९३ पैसा र बिक्री दर १२१ रुपैयाँ ५३ पैसा कायम गरेको छ । यो मूल्य तीन दिनदेखि स्थिर रहेको छ । यो अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ २९ पैसा र बिक्री दर १३६ रुपैयाँ ९६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २१ पैसा र बिक्री दर १६१ रुपैयाँ कायम छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३५ पैसा र बिक्री दर ८६ रुपैयाँ ७८ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०१ पैसा र बिक्री दर १९ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९७ पैसा र बिक्री दर ३३ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ ।

  • २८ मंसिर २०७८, मंगलवार १०:०४ प्रकाशित