कांग्रेसमा सभापतिको छिनोफानो पुन: मतदानबाट, देउवा र कोइराला प्रतिस्पर्धी

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसको सभापति यचनका लागि पुन मतदान हुने भएको छ । पहिलो चरणमा कुनैपनि उम्मेद्वारले ५० प्रतिशत मत ल्याउन नसकेपछि सभापति चयनका लागि दोस्रो पुन मतदान गर्नुपर्ने भएको हो । शेरबहादुर देउवाले पहिलो चरणको निर्वाचनबाट जित निकाल्न असफल भए । देउवालाई पहिलो चरणमै निर्वाचित हुन ८२ मत पुगेन। देउवालाई ५१ प्रतिशत पुर्‍याउन २३४० मत आवश्यक थियो। तर उनले २२५८ मत मात्रै ल्याउन सफल भए ।

त्यस्तै उनलाई टक्कर दिएका डा. शेखर कोइरालाले १७२९ मत ल्याएका छन् । प्रकाशमान सिंहले ३४७ मत ल्याउँदा विमलेन्द्रको पक्षमा २७३ र कल्याण गुरुङलाई जम्मा ३२ मत झरेको छ।

 

  • २८ मंसिर २०७८, मंगलवार ०९:२९ प्रकाशित