अपडेट: देउवालाई बहुमतका लागि अब २९४ मत आवश्यक,अब कति छ गन्न बाँकी ?

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार शेरबहादुर देउवाले दुई हजार ४६ ल्याएका छन् । अब चार सय मत गन्न बाँकी रहँदा बहुमतका लागि देउवालाई २९४ मत आवश्यक छ ।

त्यस्तै, उनलाई पछ्याइरहेका शेखर कोइरालाले १६ सय १५ ल्याएका छन् ।निर्वाचनमा ४६ सय ७९ मत खसेकोमा हाल सम्म ४२७६ गणना भइसकेको छ ।

  • २८ मंसिर २०७८, मंगलवार ०९:२० प्रकाशित