विमलेन्द्रले भने,‘दोस्रो चरणको चुनाव हुने अवस्था आए प्रकाशमानसँग सल्लाह गर्छु’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।

जारी मतगणनामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायम रहेको छ । देउवालाई अर्का प्रतिष्पर्धी शेखर कोइरालाले पछ्याइरहेका छन् ।यसैबीच सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव हुने स्थिति आएमा आफूले प्रकाशमान सिंहसँग सल्लाह गर्ने बताएका छन् ।

पहिलो चरणको चुनावमा देउवाले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा प्रकाशमान र विमलेन्द्रको मत निर्णायक हुनेछ । त्यो अवस्थामा देउवालाई सघाउने कि शेखरलाई सघाउने भन्नेबारे निधिले सिंहसँग सल्लाह गर्ने बताए ।

‘प्रकाशमानजीसँग सल्लाह गर्छु,’ निधिले रातोपाटीसँग भने, ‘प्रकाशमानजीसँग सल्लाह भएर नै केही गर्छौं ।’

  • २८ मंसिर २०७८, मंगलवार ०९:०७ प्रकाशित