ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको ओमिक्रोन भेरियन्टको संक्रमणबाट बेलायतमा एक जनाको मृत्यु भएको छ । ओमिक्रोनबाट मृत्यु भएको यो पहिलो घटना हो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरेका छन् । लण्डनको एक खोप केन्द्रको भ्रमणको क्रममा प्रधानमन्त्री जोन्सनले ओमिक्रोनको संक्रमणलाई हल्का ढंगले नलिन आह्वान गरे ।

उनले भने, दुःखको कुरा ओमिक्रोनको संक्रमणबाट मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र एक जना बिरामीको यसबाट मृत्यु पनि भइसकेको छ । त्यसैले हामीले यो भाइरसको भेरियन्टलाई हल्का रुपले लिनु हुँदैन ।’ उनले कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाउन पनि आह्वान गरेका छन् ।

पछिल्लो समय ओमिक्रोन विश्वका अधिकांश देशमा फैलिसकेको छ । नेपालमा पनि दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।

  • २८ मंसिर २०७८, मंगलवार ०८:५२ प्रकाशित