कांग्रेस सभापतिमा देउवाको अग्रता, १३०६ मत गन्दा सभापतिमा कसकोे मत कति ?

केन्द्रभाग मिडिया

काठमाडौं।

कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले आफ्ना अग्रतालाई काम राखेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाले अग्रता कामय राखेका हुन ।

१३०६ मत गन्दा सभापतिमा शेरबहादुर  देउवाले ६२६ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले ४८२ मत ल्याएका छन् । विमलेन्द्र निधिले ७८, प्रकाशमान सिंहले ११२ र कल्याण गुरुङले ४ मत ल्याएका छन् ।

सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

  • २८ मंसिर २०७८, मंगलवार ०६:३३ प्रकाशित