पोखरा बचत सहकारीको सेवाकेन्द्र अमरसिंहचोकमा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा–१० अमरसिंहचोकमा सेवाकेन्द्र बिस्तार गरेको छ ।

पोखरा–९, नयाँबजार नयाँबजारमा केन्द्रीय कार्यालय रहेको सहकारीको उक्त सेवाकेन्द्र सोमबार एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष ईन्जिनियर सुरेन्द्रबहादुर गोदारले उद्घाटन गरेका छन् । कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु तथा संस्थामा कार्यरत कर्मचारीहरु लगायत शेयरसदस्यहरुको उपस्तिथि थियो ।

बि.सं. २०५९ साल बैसाख १२ गते स्थापित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चार हजार दुई सय २७ शेयरसदस्य रहेका छन् । कुल १० करोड ४८ लाख शेयरपूँजि रहेको उक्त सहकारीले आ.व. २०७७/०७८ मा दुई करोड २९ लाख ६३ हजार खूद मुनाफा आर्जन गर्न सफल भएको थियो । उक्त सहकारी संस्थामा हाल ८५ करोड ४१ लाख बचत (निक्षेप) र ९९ करोड १२ लाख कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष हिरामणि दहालले जनाएका छन् ।

पोखरा–९, नयाँबजार स्थित आफ्नै भवनमा प्रधानकार्यालय रहेको पोखरा बचत सहकारीले पोखरा–८, सिर्जनाचोक स्थित सेवाकेन्द्रबाट समेत आफ्ना शेयरसदस्यहरुलाई विभिन्न वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको छ । पोखराकै व्यस्त व्यापारिक क्षेत्रहरु मध्ये पोखरा–१०, अमरसिंहचोकमा शुभारम्भ भएको यस सेवाकेन्द्रले आफ्ना शेयरसदस्यहरुलाई थप सेवा विस्तार गर्न टेवा पुग्ने विश्वास गरिएको छ ।

 

  • २७ मंसिर २०७८, सोमबार २१:२५ प्रकाशित