राप्रपाको नैतिक धरातल पूर्वराजाले सकिदिए : कमल थापा

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले राजतन्त्रको वकालत गर्ने राप्रपाको नैतिक धरातललाई पूर्वराजा ज्ञानेन्द्र शाहले सकिदिएको आरोप लगाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै थापाले पूर्वराजाकै कारण राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको प्रतिक्रिया दिएका हुन् ।

विज्ञप्तिमा थापाले महाधिवेशनमा निर्वाचनका क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपको प्रमाण आफूहरूसँग रहेको दोहो¥याएका छन् । यसले राप्रपाले अवलम्बन गर्दै आएको राजसंस्थासम्बन्धी आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको उनको तर्क छ।

‘शतप्रतिशत राजावादीहरू भएको दलमा त पूर्वराजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पनाअनुरूप राजसंस्था स्थापित भयो भने राजाबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झैँ प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टी छ? भनी प्रश्न गर्नेहरूलाई हामीले के र कसरी जवाफ दिने ? उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

  • २७ मंसिर २०७८, सोमबार १९:१४ प्रकाशित