गण्डकी अपडेटः १७ जनामा संक्रमण, १२ निको भए

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १२ जना निको भएका छन् ।

१२९ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार १४४ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ५४० रहेको छ ।

संक्रमित हुनेमा कास्कीका १२, र नवलपरासीका ५ जना रहेका छन् । ६ महिला र ११ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
प्रदेशमा हालसम्म ३ लाख ५३ हजार ८०३ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १८१ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १५७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमणको कारण प्रदेशमा हालसम्म १ हजार ४ सय २३ जनाले ज्यान गुमाएका छन् ।

  • २७ मंसिर २०७८, सोमबार १६:२९ प्रकाशित