नेकपा एसको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ ।

सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ ।

त्यस्तै पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको छ ।

  • २७ मंसिर २०७८, सोमबार १५:२३ प्रकाशित