मतदान नगर्ने बताएका पौडेलले किन बोलाए महाविधेशन प्रतिनिधिहरुलाई ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

महाधिवेशन प्रक्रियाबाट अलग हुने घोषणा गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापानको निम्तो दिएका छन् ।

पौडेलले भोलि मंसिर २८ गते बिहान सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई चियापानमा सरिक हुने आग्रह गरेका हुन् ।  चियापान कार्यक्रम भोलि बिहान ९ बजे लैनचौर ब्यांक्वेटमा आयोजना गरेको पौडेलको सचिवालयले  जनाएको छ । पौडेलले नयाँ नेतृत्व चयनका लागि मतदान पनि नगर्ने घोषणा गरेका छन् ।

  • २७ मंसिर २०७८, सोमबार १४:३५ प्रकाशित