काँग्रेस महाधिवेशनः दुई घण्टामा ३८० मत खस्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि मतदान जारी रहेको छ । जारी मतदानमा अहिलेसम्म ३८० मत खसेको छ । पार्टीको १४ औँ महाधिवेशनले मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्धय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा.रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।

  • २७ मंसिर २०७८, सोमबार १४:०९ प्रकाशित