कांग्रेस महाधिवेशनः देउवाले गरे मतदान

केन्द्रभाग मिडिया

काठमाडौं ।
१४ औं महाधिवेशन अन्तर्गत पार्टी नेतृत्व चयनका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । भृकुटीमण्डपको मतदान स्थलमा सभापति देउवाले मतदान गरेका हुन् ।

त्यस्तै नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण र सुजाता कोइराला लगायतले पनि मतदान गरेका छन् । मतदान गरेलगत्तै सभापति देउवा मतदान स्थलबाट फर्किएका छन् । प्रतिनिधिहरु मतदानका लािग लाइन लगेका छन्, अहिले मतदान जारी छ ।

  • २७ मंसिर २०७८, सोमबार १२:५९ प्रकाशित