शशांकको नाम शेखर र देउवा दुवैको प्यानलमा, सचिवालय भन्छ,‘देउवा प्यानलले भ्रम फैलायो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालाको नाम शेखर कोइराला र शेरबहादुर देउवाको दुवै प्यानलमा राखिएको छ ।

सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालालाई आफ्नो प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेको छ ।

तर शशांकको निजी सचिवालयलले भने देउवा प्यानलले उनको नाम राखेर भ्रम फैलाएको आरोप लगाएको छ । शंशाकका स्वकीय सचिव भरत तिवारीले शंशाक शेखर कोइरालकै प्यानलमा भएको जिकिर गरेका छन् ।

तिवारीले भनेका छन् , ‘उहाँ (शशांक)को नाम दुवै समूहले राखेका छन् । तर समर्थन शेखर कोइरालाको प्यानललाई नै हो ।’
मतदातालाई आफ्नो पक्षमा पार्न एकअर्काका उम्मेदवारलाई पनि आआफ्नो प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।

  • २७ मंसिर २०७८, सोमबार १०:२० प्रकाशित