नागरिक उड्डयन प्राधिकरणको बजेट चार महिनापछि आज पारित हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं।

चार महिनापछि नागरिक उड्डयन प्राधिकरणको बजेट आज पारित हुने भएको छ। कुल ४१ अर्ब ७६ करोड रुपैयाँ मध्ये ३२ अर्ब रुपैयाँ प्राधिकरणको पुँजीगत खर्चका लागि छुट्टाइएको वित्तीय विभागले जनाएको छ।

आज दिउँसो चार बजे बस्ने बोर्ड बैठकले बजेट पारित गर्ने तयारी गरेको छ । आज बजेट पास भएलगत्तै पर्सि बोर्ड सदस्यको स्वीकृति लिइने जनाइएके छ । त्यसपश्चात प्राधिकरणअन्तर्गतका नियमित कामहरु भटाभट सुरु हुने निर्देशक गोविन्दप्रसाद दाहालले बताएका छन ।

उड्डयन मन्त्री प्रेम बहादुर आलेले जिम्मेवारी लिएसँगै प्राधिकरणले यतिखेर धनगढी, डोटी, डडेलधुरा, महेन्द्रनगर, रुकुम लगायतका विमानस्थल विस्तार गर्ने योजना बनाएको छ।

  • २७ मंसिर २०७८, सोमबार १०:०५ प्रकाशित