प्रतिष्पर्धाबाट अलग्गिएका वरिष्ठ नेता पौडेलले मतदान पनि नगर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

महाधिवेशन प्रक्रियामा नरहने बताएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा पनि भाग नलिने भएका छन् ।

काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिनेबारे पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पुष्टि गरेका छन् ।

सभापति पदमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङले प्रतिष्पर्धा गर्दैछन् । काँग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

  • २७ मंसिर २०७८, सोमबार ०९:१६ प्रकाशित