लुम्बिनीमा जसपाको प्रदेश स्तरीय कार्यकर्ता भेला

केन्द्रभाग मिडिया

भैरहवा ।

जनता समाजवादी पार्टी ९जसपा० नेपालको लुम्बिनी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम भैरहवामा सुरु भएको छ।

अभिमुखीकरण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राइ, नेताहरु महेन्द्र यादव र अमृता अग्रहरी लगायत सहभागी छन् ।

भैरहवाको जनकपथस्थित युनिक बैंक्‍वेटमा मध्यान्ह १२ पछि सुरु भएको कार्यक्रममा पार्टीको लुम्बिनी प्रदेश समिति, संघीय परिषद,केन्द्रीय समिति,तिनै तहका जनप्रतिनिधि,जनवर्गीय संगठनका पदाधिकारी र सदस्य लगायतको उपस्थिति रहेको छ ।

पार्टीबाट निश्कासित महन्थ ठाकुर,राजेन्द्र महतो लगायतका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि जसपाले पार्टी विभाजन हुनुको कारण प्रष्ट पार्न र संगठन सुदृढिकरण,अन्य दलबाट पार्टी प्रवेश गराउनका लागि सातवटै प्रदेशमा प्रदेशस्तीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

  • १३ भाद्र २०७८, आईतवार १५:०६ प्रकाशित