डलरको मूल्य दुई दिन देखि स्थिर, रियाल,रिगिंत दिरमलगायतको मुल्य कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

राष्ट्र बैंकले आज (सोमबार)को अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९३ पैसा र बिक्री दर १२१ रुपैयाँ ५३ पैसा कायम गरेको छ । यो मूल्य दुई दिनदेखि स्थिर रहेको छ । यो अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ८१ पैसा र बिक्री दर १३७ रुपैयाँ ४९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५० पैसा र बिक्री दर १६१ रुपैयाँ २९ पैसा कायम छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७३ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९८ पैसा र बिक्री दर १९ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर ३३ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८५ पैसा रहेको छ ।

  • २७ मंसिर २०७८, सोमबार ०९:१० प्रकाशित