एमाले कार्यविभाजनः पृथ्वीसुब्बालाई प्रचार विभाग, खगराजलाई संगठन विभाग,कसले के जिम्मेवारी पाए (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले पदाधिकारीको कार्यविभाजन गरेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन हेरफेर गरेको हो।बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ । एमालेले प्रदीप ज्ञवालीलाई स्कुल विभागको जिम्मा दिइएको छ ।

कार्यविभाजनको भागबण्डा अनुसार गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा उपमहासचिवसमेत रहेका पृथ्वी सुब्बाले प्रचार विभागको जिम्मेवारी पाएका छन् ।

प्रचार विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरूङलाई दिएको छ। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरूङलाई प्रचार विभागको जिम्मेवारी दिएको हो ।

योगेश भट्टराईलाई अहिले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनाइएको छ।

कसले के जिम्मेवारी पाए हेर्नुहोस

अध्यक्ष केपी शर्मा ओली -समग्र पार्टी
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल -नीति अनुसन्धान प्रतिष्ठान
उपाध्यक्ष युवराज ज्ञवाली -स्थानीय तह प्रदेश र संघ
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य – राजनीतिक समन्वय
उपाध्यक्ष रामबहादुर थापा बादल- राष्ट्रिय सुरक्षा
उपाध्यक्ष विष्णु पौडेल – पार्टी संगठन अनुगमन
उपाध्यक्ष सुवास नेम्वाङ – संसदीय अनुगमन
उपाध्यक्ष सुरेन्द्र पाण्डे – राजकीय मामिला
महासचिव शंकर पोखरेल -समग्र पार्टी
प्रदीप ज्ञवाली-स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ- प्रचार विभाग
विष्णु रिमाल- आर्थिक लेखा लगायत
योगेश भट्टराई- स्वास्थ्य तथा जनसंख्या विभाग
भीष्म अधिकारी- कार्यालय सचिव
खगराज अधिकारी – संगठन विभाग

  • २७ मंसिर २०७८, सोमबार ०९:०१ प्रकाशित